Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

युक्रेनमाथि भिषण आक्रमण, पाँच जनाको मृत्य

युक्रेनमाथि भिषण आक्रमण, पाँच जनाको मृत्य

  • काठमाडौँ । रुसले युक्रेनमा रातिभर आक्रमण गरेको छ ।   

    onlinepatrika
    Arghakhachi

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रातभरि रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणपछि युक्रेनमा पाँच जनाको मृत्यु भएको र हजारौं बिजुलीविहीन भएको बताए ।

    AGNI GROUP

    आक्रमणको क्रममा पश्चिमी युक्रेनी शहर ल्भिभलाई लक्षित गरिएको थियो । पश्चिमी युक्रेनी प्रधानमन्त्री म्याक्सिम कोजित्स्कीले चार जनाको मृत्यु भएको र अन्य घाइते भएको बताए । जापोरिजियामा पनि एक जनाको मृत्यु भएको छ । जेलेन्स्कीले रूसले ५० भन्दा बढी क्षेप्यास्त्र र लगभग ५०० आक्रमण ड्रोनहरू प्रहार गरेको बताएका छन् ।

    रूसी रक्षा मन्त्रालयले रूसले युक्रेनी सैन्य र पूर्वाधार लक्ष्यहरूमा ठूलो मात्रामा' आक्रमण सफलतापूर्वक गरेको बताएको छ ।

    त्यस्तै युक्रेनको छिमेकी पोल्याण्डले पोलिश हवाई क्षेत्रको सुरक्षा सुनिश्चित गर्न लडाकु विमानहरू तैनाथ गरेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij