Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पाकिस्तानको क्वेटामा विस्फोट, ९ जनाको मृत्यु

पाकिस्तानको क्वेटामा विस्फोट, ९ जनाको मृत्यु

  • काठमाडौँ । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा भएको विस्फोटमा ९ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रान्तीय स्वास्थ्य मन्त्रीले दिएको जानकारी अनुसार विस्फोटमा कम्तिमा नौ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । क्वेटामा अर्धसैनिक फ्रन्टियर कोर्प्सको मुख्यालय नजिकै विस्फोट भएको छ ।

    AGNI GROUP

    मृत्यु हुने र घाइते हुनेमा सुरक्षाकर्मी पनि छन् । विस्फोटपछि शहरको मोडेल टाउन क्षेत्रबाट धुवाँ उडिरहेको देखिएको थियो र गोली चलेको सुनिएको थियो । स्थानीय प्रशासनले क्वेटाका अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरेको छ र सबै कर्मचारीहरूलाई भित्रै बस्न निर्देशन दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij