Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भारतीय वायुसेनाबाट रुसी निर्मित मिग-२१ लडाकु विमानको अन्तिम बिदाई

भारतीय वायुसेनाबाट रुसी निर्मित मिग-२१ लडाकु विमानको अन्तिम बिदाई

  • काठमाडौँ । भारतले रूसबाट खरिद गरिएका र दशकौंसम्म वायुसेनाको अग्रपंक्ति रक्षाको रूपमा सेवा गरिरहेका मिग-२१ लडाकु विमानलाई आज निष्क्रिय पारिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    विदाई समारोह चण्डीगढमा आयोजना भइरहेको छ, जहाँ वायुसेनाका पाइलटहरूले अन्तिम पटक यी विमानहरू उडाइरहेका छन् ।

    AGNI GROUP

    समारोहमा उपस्थित रक्षामन्त्री राजनाथ सिंहले मिग-२१ केवल एउटा विमान मात्र नभएर तर भारत-रूस सम्बन्धको प्रमाण भएको बताएका छन् । राजनाथ सिंहले भने- 'आज, जब हामी मिग-२१ लाई यसको सञ्चालन यात्राबाट विदाई गर्छौं, मलाई विश्वास छ कि हामी एउटा अध्याय बन्द गर्दैछौं जुन भारतीय वायुसेनाको इतिहासमा मात्र होइन तर हाम्रो सम्पूर्ण सैन्य उड्डयनको इतिहासमा सुनौलो अक्षरमा लेखिनेछ ।'

    मिग-२१ लाई १९६३ मा भारतीय वायुसेनामा समावेश गरिएको थियो र ६३ वर्षको सेवा पछि आज निष्क्रिय पारिएको छ।

    मिग-२१ को विशेषता भनेको ९० डिग्रीमा सीधा चढ्ने क्षमता हो । यो संसारको उत्कृष्ट लडाकु विमानहरू मध्ये एक हो। यसको कुनै तुलना नभएको र यसको उमेरका कारण यसलाई अन्तिम बिदाई गरिएको बताइएको छ । तर यसको शून्यता कसैले पनि पूरा गर्न नसक्ने र तेजस विमानले प्रतिस्थापन गर्ने छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij