Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

काठमाडौँ महानगरका ८७ विद्यालयका सबै कक्षा कोठामा तिहारअघि स्मार्ट बोर्ड जडान हुने

काठमाडौँ महानगरका ८७ विद्यालयका सबै कक्षा कोठामा तिहारअघि स्मार्ट बोर्ड जडान हुने

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रोकिएको स्मार्ट कक्षाकोठा बनाउने कार्य सम्पन्न हुने चरणमा पुगेको बताएको छ । 

    onlinepatrika
    Arghakhachi

    महानगरका मेयर बालेन शाहले हाल सबै सामुदायिक बिद्यालयमा पहिल्यै भएका १७७  वटा स्मार्ट बोर्ड र  पछिल्लो ठेक्का मार्फत ३१३ वटा स्मार्ट बोर्ड  जडान भैसकेको र ५७० वटा बोर्डको लागि सम्बन्धित बिद्यालयमा बजेट निकासा गरिसकेको जानकारी दिएका छन् । 

    AGNI GROUP

    महानगरका ८७ वटा विद्यालयको लागि आवस्यक १०६० वटा बोर्ड तिहार अगाडी नै जडान हुने र सम्पूर्ण कक्षाकोठालाई स्मार्ट कक्षाकोठाको रुपमा परिणत गर्ने कार्य सम्पन्न हुने बालेनले उल्लेख गरेका छन् । यसबाट  सामुदायिक बिद्यालयका ५३ हजारभन्दा बढी बिद्यार्थी लावान्वित हुने उनको दाबि छ ।

    बालेनले बालबालिकाहरू पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनीहरूप्रति गर्ने लगानीले मात्रै उनीहरूलाई आफ्नो विद्यालय, समाज र देशप्रति गौरव गराउन सक्ने र यसमा सबैको अपनत्व हुन आवश्यक रहेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij