Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

'युरेनियम सम्बर्धन कार्यक्रम रोक्दैन' - खामेनी

'युरेनियम सम्बर्धन कार्यक्रम रोक्दैन' - खामेनी

  • काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरानको आणविक हतियार विकास गर्ने कुनै मनसाय नभएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    खामेनीले आणविक हतियार विकास गर्ने कुनै मनसाय नभएपनि 'युरेनियम सम्बर्धन; कार्यक्रम भने नरोकिने बताएका हुन् ।

    AGNI GROUP

    इरानी रेडियो र टेलिभिजनमा प्रसारित भाषणमा खामेनीले इरानी राष्ट्रको एकता, युरेनियम समृद्धि र अमेरिकासँगको सम्बन्धका बारेमा जोड दिएका थिए । उनले भने- 'अमेरिकासँग वार्ताको कुनै फाइदा छैन, बरु हानिकारक छ । धम्की पाएपछि कुनै पनि देशले वार्ता गर्दैन ।'

    इरानको आणविक उद्योग र समृद्धि बन्द गर्ने बारे अमेरिकाको भनाइलाई उल्लेख गर्दै खामेनीले इरानी जनताले यस्ता बयान दिने कसैलाई पनि नसहने बताए । आफ्नो भाषणको क्रममा खामेनीले इरानसँग आणविक हतियार नभएको र भविष्यमा पनि विकास नगर्ने स्पष्ट गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij