Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

रुकुम पश्चिमको १० स्थानमा यात्रु सहायता कक्ष

रुकुम पश्चिमको १० स्थानमा यात्रु सहायता कक्ष

  • काठमाडौं । चाडपर्वको समयमा यात्रुलाई हुने समस्या कम गर्न जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा यात्रुहरुको चाप बढी हुने स्थानमा सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक शैलेन्द्र कुमार मल्लले जानकारी दिए ।

    AGNI GROUP

    मुसिकोट नगरपालिकाको खलङगा, सेरीगाउँ, शीतलपोखरी, साँख, छिनखेत र सोलाबाङ, सानीभेरी गाउँपालिकाको सिम्ली, चौरजहारी नगरपालिकाको बसपार्क, आठबिसकोट नगरपालिकाको राडी र त्रिवेणी गाउँपालिकाको झुल्नेटामा चाडवाडलक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

    जिल्लाभित्र चल्ने सवारी साधन र बाहिरबाट भित्रिने सवारी साधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि सहायता कक्षको स्थापना गरिएको उनले बताए । चाडपर्वको बेलामा यात्रुहरुले विभिन्न सास्ती पाउन सक्ने भन्दै यातायातका साधनको सबैभन्दा बढी जमघट हुने स्थानमा सहायता कक्ष स्थापना गरिएको हो ।

    चाडबाडको समयमा यातायातका साधनमा दोहोरो टिकट काटेर यात्रुले दुःख पाउने, भाडाका कारण यात्रु ठगिने, यात्रुहरुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुने लगायतका समस्या कम गराउन सहायता कक्ष स्थापना गरिएको मल्लले जनाए ।

    प्रहरीले राप्ती राजमार्ग, मध्यपहाडी राजमार्ग, भेरीकरीडोर लगायत ग्रामिण सडकमा चल्ने सवारी साधनको निगरानी र अनुगमन समेत बढाएको जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij