Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

काठमाडौँ र धादिङ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • काठमाडौँ । प्रहरीले काठमाडौँ र धादिङबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जनालाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । हिराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    AGNI GROUP

    त्यस्तै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ ओरवाङ बस्ने ३२ वर्षीय जगत कोईरालालाई प्रहरीले पक्राउ गरेको छ। जगतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेनीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij