Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपालको संविधान दिवसमा अमेरिकाले दियो शुभकामना

नेपालको संविधान दिवसमा अमेरिकाले दियो शुभकामना

  • काठमाडौं । अमेरिकाले नेपालको संविधान दिवसका अवसरमा नेपाली जनतालाई बधाई दिएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक विज्ञप्तिमार्फत बधाई दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले संविधान दिवसको दिन नेपालका जनतालाई बधाई दिँदै दक्षिण एसियामा स्थिरता प्रवद्र्धन गर्न र सुरक्षित संसारमा योगदान पुर्‍याउन नेपालसँग नजिकको सहकार्य जारी राख्ने आशा राखिएको पनि बताएका छन् ।

    AGNI GROUP

    मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्टले नेपालको यातायात र ऊर्जा पूर्वाधारको विस्तार, रोजगारी सिर्जना र दीर्घकालीन आर्थिक विकासमा सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरेका छन् । अमेरिका–नेपाल साझेदारीलाई सुदृढ गर्ने तथा अमेरिकी कम्पनीका निम्ति व्यावसायिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

    उनले संविधानानुसार कार्य गर्ने पारदर्शी सरकारप्रतिको नेपाली जनताको आकांक्षालाई अमेरिकाले समर्थन गर्ने पनि बताएका छन् ।

    नेपाली जनता आर्थिक विकासलाई अगाडि बढाउने, क्षेत्रीय सुरक्षालाई सुदृढ गर्ने र सबैका निम्ति समृद्धि बढाउने आशापूर्ण भविष्यको हकदार रहेका विज्ञप्तिमा उल्लेख छ ।

    हालैका प्रदर्शनमा ज्यान गुमाएकाप्रति अमेरिकाले नेपाली जनतासँगै शोक व्यक्त गरेको र मारिएका तथा घाइते भएकाकाका परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ । 

    asdgm-1758259494.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij