Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अमेरिकामा गोली हानी तीन प्रहरीको हत्या

अमेरिकामा गोली हानी तीन प्रहरीको हत्या

  • काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यको उत्तरी कोडोरस टाउनशिपको योर्क काउन्टीस्थित एउटा स्कुल नजिकै गोली हानी तीन प्रहरीको हत्या गरिएको छ । स्थानीय समयअनुसार बुधबार दिउँसो २ बजे  यो घटना भएको हो । घटनामा दुई प्रहरी गम्भीर घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पेन्सिलभेनियाका प्रहरी कमिस्नर क्रिस्टोफर पेरिसले बिबिसीलाई बताएअनुसार, गम्भीर घाइते भएका दुई प्रहरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ । प्रहरीको जबाफी फायरिङमा गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको छ ।

    AGNI GROUP

    बिबिसीका अनुसार, गोली चलाउने व्यक्ति र घटनाबारे प्रहरीले विस्तृत खुलासा गरिसकेको छैन । प्रहरी अधिकारीहरूको हत्या भएपछि पेन्सिलभेनिया राज्यका सरकारी कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij