Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । श्रीलंकामा पुर्व राष्ट्रपतिका विशेष सुबिधा खारेज भएको छ ।संसदमा नयाँ कानून पारित भएपछि यो निर्णय आएको हो, जसले पूर्व राष्ट्रपतिहरूलाई दिइने विशेष सुबिधाहरू खारेज गरेको छ ।
बुधबार श्रीलंकाको संसदले भारी बहुमतले पूर्व राष्ट्रपतिहरूको विशेष सुबिधाखारेज गर्ने कानूनलाई अनुमोदन गर्यो । यो कानूनले पूर्व राष्ट्रपतिहरू र उनीहरूका विधवाहरूलाई दिइने विशेष सुविधा खारेज गर्दछ ।
यो विधेयकलाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेको थियो, जसका कारण श्रीलंका पोदुजाना पेरामुना पार्टीको विरोधका बाबजुद पनि यो कानून लागू गर्न भएको छ । श्रीलंकामा हाल पाँच पूर्व राष्ट्रपतिहरू जीवित छन्,जसमध्ये तीन जनाले हाल सरकारी सुविधाहरूको फाइदा लिइरहेका छन् र अब यी सुविधाहरू समाप्त हुनेछन् ।
२०२२ मा श्रीलंकामा भएको आन्दोलनपछि तत्कालिन राष्ट्रपति गोटाबाया राजपक्षेले पद त्याग्नुपरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij