Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

जेन जी आन्दोलन

बाँके जेलमा कैदीबन्दीले लगाए आगो, सेनाले गर्‍यो हस्तक्षेप

बाँके जेलमा कैदीबन्दीले लगाए आगो, सेनाले गर्‍यो हस्तक्षेप

  • काठमाडौं । बाँकेको नेपालगन्जस्थित कारागारमा रहेका कैदीबन्दीहरू निस्कन पाउनु पर्ने माग गर्दै आगजनी र तोडफोडमा उत्रिएका छन् । जसले जेलको स्थिति तनावग्रस्त भएको छ । कैदीले जेलको भित्री गेटमा आगो लगाएको सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीले जानकारी दिएका छन ।

    onlinepatrika
    Arghakhachi

    ´कारागारको भित्री गेटमा आगो लगाइएको छ । हामी कैदीलाई नियन्त्रणमा लिने प्रयासमा छौँ`, उनले भने ।

    AGNI GROUP

    कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् । आगजनी पश्चात कैदीहरू बाहिर निस्कन खोजेपछि नेपाली सेनाले रोक्न खोज्दा केही राउण्ड गोली समेत चलेको छ । अहिले जेल नेपाली सेनाको घेरामा छ ।

    हिजो मात्रै यहाँको नौवस्तास्थित बालसुधार केन्द्रमा झडप हुँदा ५ जनाको मृत्यु भएका थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij