Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिकको सहयोगी कन्जरभेटिभ कार्यकर्ता चार्ली किर्कको गोली हानी हत्या गरिएको छ ।
अमेरिकाका युटामा एक कार्यक्रमको क्रममा किर्कको गोली हानेपछि मृत्यु भएको थियो । किर्कलाई अमेरिकी राष्ट्रपति ट्रम्पको नजिकको सहयोगी मानिन्थ्यो । उनी अमेरिकाभरि विभिन्न क्याम्पसमा बहस कार्यक्रम सञ्चालन गर्ने कारणले परिचित थिए ।
ट्रम्पले लेखेका छन्- 'महान र प्रख्यात चार्ली किर्क अब रहेनन् । अमेरिकाका युवाहरूलाई चार्लीले जत्तिको कसैले बुझेन र माया गरेन ।'सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा चार्ली पालमुनि माइक समातेर बोलिरहेको देखिन्छ ।
त्यसपछि अचानक उनको घाँटी नजिकै गोली लाग्यो, उनी धेरै रगत बगेर भुइँमा ढलेका थिए । प्रसिद्ध राजनीतिक कार्यकर्ता चार्लीले टर्निङ प्वाइन्ट युएसए नामक संस्था चलाउने गर्थे, जसमा उनी स्कूल र कलेजहरूमा गएर विद्यार्थीहरूलाई राजनीतिको बारेमा बताउथे ।
उनलाई ट्रम्पको कट्टर समर्थक पनि मानिन्थ्यो । आक्रमणकारी को थियो र उनले किन यस्तो गरे भन्ने कुरा अझै स्पष्ट भएको छैन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij