Logo

Sep 10 2025 | २०८२, भदौ २५ गते

Sep 10 2025 | २०८२, भदौ २५ गते

जेनजी आन्दोलन

बैंकका केही शाखामा भौतिक क्षति, बैंकिङ प्रणाली सुरक्षित

बैंकका केही शाखामा भौतिक क्षति, बैंकिङ प्रणाली सुरक्षित

  • काठमाडौं । जेनजी आन्दोलनका कारण केही बैंक तथा वित्तीय संस्थाका शाखामा तोडफोड र आगजनी जस्ता घटना भएका छन् । तर, बैंकिङ प्रणाली भने सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ ।

    images
    images
    images

    संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार केही शाखामा भौतिक क्षति भए पनि नगद वा प्रणालीलाई असर पुगेको छैन ।

    images

    उनले भने, ‘शाखाहरुमा तोडफोड र आगजनीका कारण भौतिक क्षति भएको छ, तर सर्भर र भल्ट सुरक्षित छन् । बैंकिङ सिस्टमलाई असर परेको छैन ।’

    उनका अनुसार बैंक तथा वित्तीय संस्थाले डेटा सर्भर तीन ठाउँमा ब्याकअप राख्ने भएकाले प्रणालीमा ठूला समस्या आउन सक्ने सम्भावना कम छ ।

    मंगलबार साँझ राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा तोडफोडको प्रयास भए पनि संलग्नलाई नेपाली सेनाले नियन्त्रणमा लिएकाले नगद सुरक्षित रहेको छ ।

    images

    यस्तै, प्रदर्शनकारीले आगजनी गरेका भाटभटेनी स्टोर्सलगायतका स्थानमा रहेका केही एटिएममा क्षति पुगेको बैंकर्स संघले जनाएको छ । संघका अनुसार हालसम्मको क्षतिबारे विस्तृत विवरण संकलन भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij