
Sep 10 2025 | २०८२, भदौ २५ गते
काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई जना प्रहरीको मृत्यु भएको प्रहरी पुष्टि गरेको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा उनीहरूको मृत्यु नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पुष्टि गरेका छन् । मृत्यु हुनेमा एक प्रहरी सहायक निरीक्षक (असई) र अर्का एक जना रहेको बताइएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता घिमिरेले केही प्रहरी अहिलेसम्म सम्पर्कविहीन अवस्थामा रहेको बताए । ‘केही पत्ता नलागी उनीहरूको बारेमा भन्न मिल्ने अवस्था छैन,’ उनले भने ।
स्रोतहरूले अनौपचारिकरुपमा बताएअनुसार, महाराजगञ्ज प्रहरी वृत्तका ७ जना प्रहरीको निधन भएको आशंका गरिएको छ । यसअघि हिजो कोटेश्वरमा तीन जना प्रहरीको मृत्यु भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij