
Sep 10 2025 | २०८२, भदौ २५ गते
जेनजी युवाहरूको प्रदर्शनका क्रममा भएको आगजनीले सर्वोच्च अदालत पूर्णरूपमा नष्ट भएको छ । मंगलबारको आक्रमणपछि दनदनी बलिरहेको आगो तत्काल निभाउन सकिएन ।
आज बिहान मात्रै काठमाडौं महानगरपालिकाको दमकल बाँकी आगो निभाउन ल्याएको हो ।
आगो लाग्दा अदालतको भवनसँगै इजलास, मुद्दाका मिसिल, कम्प्युटर सर्भर लगायत सबै सामग्री जलेर नष्ट भएका छन् । यस कारण सर्वोच्च प्रशासनले हालका सबै पेसीहरू अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij