
Sep 10 2025 | २०८२, भदौ २५ गते
काठमाडौँ । नेपाल स्टक एक्चेन्जले बुधबार र विहिबार घितोपत्र कारोबार नहुने जानकारी दिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले कारोबार बन्द रहने जानकारी दिदै भनेको छ- 'हालको विषम परिस्थिति एवम् कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार मिति २०८२ भदौ २५ र २६ गते दुई दिनको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।
'जेनजीको आन्दोलनका कारण यसअघि मंगलबार पनि धितोपत्रको कारोबार बन्द गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij