Logo

Sep 07 2025 | २०८२, भदौ २२ गते

Sep 07 2025 | २०८२, भदौ २२ गते

हरिसिद्धिमा मन्त्रीको गाडीबाट बालिकालाई ठक्कर

मन्त्रीपक्ष र घाइते बालिका पक्षबीच सहमति

मन्त्रीपक्ष र घाइते बालिका पक्षबीच सहमति

  • काठमाडौं । शनिबार बिहान ललितपुरको हरिसिद्धि–गोदावरी सडकमा गाडीको ठक्करबाट घाइते बालिकाको परिवार र कोशी प्रदेशका मन्त्रीबीच समझदारी भएको छ ।

    images
    images
    images

    मन्त्रीका गाडी चालक चन्द्रनारायण चौधरी शनिबार आफैँ प्रहरीमा उपस्थित भएका थिए । त्यसलगत्तै ग्वार्कोस्थित बीएण्डबी अस्पताल पुगेर कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले ११ वर्षीया घाइते बालिकालाई भेटेका थिए ।

    images

    मन्त्री रानाले बालिकाको सम्पूर्ण उपचार खर्च र औषधिको बिल तिरेर थप २५ हजार रूपैयाँ क्षतिपूर्ति दिएका थिए । जिल्ला प्रहरी ललितपुरमा आफै हाजिर भएका ड्राइभर चौधरीलाई प्रहरीले शनिबार बेलुकी नै घर फर्किन अनुमति दिएको थियो ।

    मन्त्री रानाले थप उपचार गर्नुपर्ने भएमा बालिकाको उपचार खर्च बेहोर्ने प्रतिबद्धता गरेपछि घाइते बालिकाका परिवार र मन्त्रीपक्षबीच शनिबार बेलुकी नै मिलापत्र भएको थियो ।मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएर भागेको घटनाको सिसिटिभी बाहिरिएको थियो ।

    सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि बालिकालाई ठक्कर दिएर भागेर मन्त्रीले अमानवीय व्यबहार गरेको भन्दै चर्को आलोचना भएको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij