
Sep 06 2025 | २०८२, भदौ २१ गते
काठमाडौं । एच एन्ड बी डेभलपमेन्ट बैंक घोटाला प्रकरणका दुई जना दोषीलाई प्रहरीले पक्राउ गरेको छ । करिब १२ करोड रुपैयाँ जरिवाना र १० वर्ष कैद सजाय तोकिएका दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानरपालिका–१४ का ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र भक्तपुरको सूर्यविनायक नगरपालिका–५ का ५० वर्षीय अरविन्द्र श्रेष्ठ छन् ।
प्रधानलाई ९ करोड २१ लाख ५० हजार रुपैयाँ जरिवाना र ७ वर्ष कैदको फैसला तथा श्रेष्ठलाई २ करोड ५० लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैदको फैसला भएको थियो ।
बैंकका कर्मचारीको मिलेमतोमा गुड फर पेमेन्टका नाममा ठूलो रकम घोटाला गरिएको अनुसन्धानबाट खुलेको थियो । २०६९ सालमा यो बैंकको घोटाला प्रकरण बाहिर आएको थियो । त्यसपछि विशेष छानबिन समिति बनाएर छानबिन गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij