Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक १९.८९ अंकले घटेसँगै शेयर कारोबार पनि घटेको छ । सोमबार १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा रोकिएको नेप्से परिसुचक मंगलबार भने ०.७२ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको छ ।
सोमबार ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँ बरारबरको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर कारोबारमा मंगलबार भने ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर कायारेबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स २.६९ अंकले घटेको छ । फ्लोट इन्डेक्स १.२३ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९८ अंक घटेको छ ।
यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९.९८ प्रतिशतले बढेर २९४.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ। युनियन हाइड्रो पावर लिमिटेडको शेयर मूल्य ३.६० प्रतिशतले बढेर प्रतिकित्ता ४०२.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । एभरेष्ट बैंकलिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.२२ प्रतिशतले बढेर १०९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
आज उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ। यस कम्पनीको शेयर मूल्य ७.४७ प्रतिशतले घटेर २०४६.७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । दोर्दिखोला जलविद्युत कम्पनीको शेयर मूल्य ७.३२ प्रतिशतले घटेर २५५.०३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कुमारी सबल योजनाको शेयर प्रतिकित्ता ४.७९ प्रतिशतले घटेर ८.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, दोर्दिखोला जलविद्युत आयोजना र हिमालयन डिस्टिलरीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij