
Sep 01 2025 | २०८२, भदौ १६ गते
काठमाडौं । पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । २ हजार ८ सय १७ भन्दा बढी घाइते भएको अफगानिस्तानको अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार पत्रकार सम्मेलनमा बताए ।
स्थानीय मिडिया आउटलेट टोलोन्यूजले रिपोर्ट गरेअनुसार रक्षा, गृह र जनस्वास्थ्य मन्त्रालयका उद्धार टोलीहरू घाइतेहरूलाई नंगरहार क्षेत्रीय अस्पतालमा एयरलिफ्ट गर्न पुगेका थिए ।
अफगानिस्तानको पूर्वी भागमा राति ११ः४७ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणकाअनुसार स्थानीय समय अनुसार अगस्ट ३१ मा यसको केन्द्रबिन्दु आठ किलोमिटर गहिराइमा थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij