Logo

Sep 01 2025 | २०८२, भदौ १६ गते

Sep 01 2025 | २०८२, भदौ १६ गते

सेयर बजार

नेप्से १२.०३ अंकले बढ्यो, ५ अर्ब १० करोडको कारोबार

नेप्से १२.०३ अंकले बढ्यो, ५ अर्ब १० करोडको कारोबार

  • काठमाडौँ । आज नेप्सेमा वृद्धि भएको छ ।

    images
    images
    images

    आज सोमबार नेप्से १२.०३ अंकले बढेर २७६१.८६ विन्दुमा पुगेर रोकिएको छ । आज ३२६ कम्पनिका एक करोड १४ लाख ४० हजार ८४० कित्ता शेयर ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ मा कारोबार भएको थियो ।

    images

    आज अन्य र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ । आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ६.०७ प्रतिशतले बढेको छ भने स्ट्यान्डर्ड चार्टड बैंकको शेयर मुल्य ४.०८ प्रतिशतले बढेको छ ।

    त्यस्तै आज उन्नति सहकार्य लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ७.६८ प्रतिशतले घटेको छ । त्यस्तै आज नेपाल रिइन्सुरेन्सको सबै भन्दा बढी २८ करोड ८ लाख बराबरको कारोबार भएको छ भने एभरेष्ट बैंकको २४ करोड ४४ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij