Logo

Sep 01 2025 | २०८२, भदौ १६ गते

Sep 01 2025 | २०८२, भदौ १६ गते

डल्लु पुलमुनि फोहोर फाल्ने रिक्सा नियन्त्रणमा

डल्लु पुलमुनि फोहोर फाल्ने रिक्सा नियन्त्रणमा

  • काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ डल्लु पुल मुनिको खोलामा रिक्सामार्फत फोहोर फाल्ने प्रयास गर्ने एक व्यक्तिलाई महानगर प्रहरीले नियन्त्रणमा लिई जरिवाना गरेको छ ।

    images
    images
    images

    महानगर प्रहरीको टोलीले सोमबार बिहान नियमित अनुगमनका क्रममा सो घटना पत्ता लगाएको हो । सार्वजनिक स्थान र खोला–नालामा फोहोर फाल्ने गतिविधि रोक्न महानगरले विशेष अभियान सञ्चालन गरिरहेको छ ।

    images

    नियन्त्रणमा परेका व्यक्तिलाई फोहोरमैला व्यवस्थापनसम्बन्धी नियम अनुसार तत्कालै जरिवाना गरिएको महानगर प्रहरीले जनाएको छ । महानगरले यस किसिमको कार्यलाई वातावरण प्रदूषण र सार्वजनिक स्वास्थ्यमा खतरा पुर्‍याउने भन्दै कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

    यसअघि पनि खोला, नदी तथा सडक छेउमा अवैधानिक रूपमा फोहोर फाल्नेविरुद्ध महानगरले निगरानी बढाउँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij