Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

आइपीओ

स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँड

स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँड

  • काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि आइपीओ बाँडफाँड गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    विहिबार गरिएको बाँडफाँडमा १९ हजार १९० जनाले १०-१० कित्ता शेयर परेको छ भने पाँच जनालाई एक एक कित्ता शेयर लक्की ड्रबाट परेको छ ।

    AGNI GROUP

    स्वस्तिक लघुवित्तको आइपिओका लागि २४ लाख ४० हजार ४६० आवेदकले आवेदन दिएकोमा २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भएको स्वस्तिक लघुवित्तको आइपीओ बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जानकारी दिएको छ ।

    जसमा १९ हजार १९५ ले मात्र शेयर पाएका छन् भने २४ लाख १७ हजार १९८ आवेदकको हात खाली भएको छ । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्तलाई जारी पुँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख बराबरको साधारण शेयर जारी गर्न अनुमति दिएको थियो ।

    पहिलो चरणमा संस्थाले कुल निष्कासन १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल २३ हजार १०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्री गरेको थियो ।

    यसैगरी कुल २ लाख ३१ हजार कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १ हजार १५५ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।

    आइपिओ बाँडफाँटको नतिजा सीडीएससी आइपीओ रिजल्ट पोर्टल, मेरो सेयर एकाउन्ट लगायतबाट हेर्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij