
Aug 28 2025 | २०८२, भदौ १२ गते
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ९९ हजार ४ सयमा कारोबार भइरहेको छ । जुन उच्च मूल्य हो ।
यसअघि साउन २३ मा सुनको मूल्य एक लाख ९९ हजार ४०० रुपैयाँ कायम हुँदै उच्च बिन्दुमा पुगेको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी २ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij