Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

रुबी साह हत्या प्रकरण: मुख्य आरोपी शरीर जलेको अवस्थामा पक्राउ

रुबी साह हत्या प्रकरण: मुख्य आरोपी शरीर जलेको अवस्थामा पक्राउ

  • काठमाडौं । रौतहटमा बन्द सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबी साहको हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ ।

    images
    images
    images

    पासवानले आफैंले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिएका हुन् ।

    images

    उनलाई माधवनारायण नगरपालिका-६, माधोपुर पछाडिको आँपको बगैंचा–बिसुनपुरवा मानपुर जाने बाटोमा आगो लगाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा भर्ना गरेको हो ।

    उनका टाउकोसहित शरीरको अधिकांश भाग जलेको र बोल्नसमेत कठिन भएको प्रहरी स्रोतले जनाएको छ । हाल उनको अवस्था गम्भीर भए पनि प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij