Logo

Aug 26 2025 | २०८२, भदौ १० गते

Aug 26 2025 | २०८२, भदौ १० गते

बर्दियाबाट ४८ लाख बराबरीको चाईनिज ईलेक्ट्रिकल भेप बरामद

बर्दियाबाट ४८ लाख बराबरीको चाईनिज ईलेक्ट्रिकल भेप बरामद

  • काठमाडौँ । बर्दियाको मधुवन नगरपालिका–५ फुलराम चोकबाट सशस्त्र प्रहरीले करिब ४८ लाख रुपैयाँ बराबरको चाईनिज ईलेक्ट्रिकल भेप बरामद गरेको छ ।

    images
    images
    images

    नेपालबाट अवैध रुपले दुई वटा साईकलमा राखी भारततर्फ लैजाँदै गरेको ८ वटा कार्टुनमा रहेको १ हजार ९२० वटा चाईनिज ईलेक्ट्रिक भेप विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी शक्तिपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो ।

    images

    उक्त भेप ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथ फरार भएका थिए । बरामद भेप आवश्यक कारवाहीको लागि छोटी भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij