
Aug 25 2025 | २०८२, भदौ ९ गते
काठमाडौँ । फूलबारी–मणिपाल काँहु धरहरा सिँढी मार्ग (पोखरा ग्रेट ट्रेल) निर्माणको अन्तिम चरणमा रहेको छ ।
आगामी फेब्रुअरीमा उद्घाटन गर्ने गरी निर्माण कार्य अघि बढिरहेको उक्त ट्रेलमा करिब ४ हजार ५ सय सिँढीहरू रहनेछन् ।
नगर प्रमुख धनराज आचार्यका अनुसार चालु आवमा ग्रेट ट्रेल निर्माण गर्नका लागि पोखरा महानगरपालिकाले ८० लाख रुपैयाँ विनियोजन गरेको छ ।
पोखराको मुख्य बजार क्षेत्रबाट नजिकको ट्रेलको रूपमा रहेको उक्त ट्रेल पर्यटकीय दृष्टिकोणले समेत निकै महत्त्वपूर्ण र आकर्षक मानिएको छ ।
पोखराको मणिपाल कालिखोलादेखी काँहुको धुरीसम्म सिँढीहरू बनाई निर्माण गर्न लागिएको ट्रेलको अधिकांश कार्य सम्पन्न भइसकेको छ ।
पर्यटकीय राजधानी पोखरामा बिहान र साँझको समयमा हिँड्न रमाउनेहरूका लागि यो एक उपयुक्त थलोका रूपमा विकास हुने विश्वास व्यक्त गरिएको छ ।
सो ट्रेलको दायाँबायाँ करिब ४०० फलफूलका बिरुवा समेत लगाइएको छ । २ लाख २६ हजार बिरुवा लगाउने पोखरा महानगरपालिकाको मेगा अभियान अन्तरगत आइतबार सो क्षेत्रमा आरु, आरुबखडा, एभोगाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाश लगायतका बिरुवाहरू लगाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij