
Aug 25 2025 | २०८२, भदौ ९ गते
काठमाडौं । पोखराको सराङकोट धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिद्वारा आयोजित ऐतिहासिक तीज मेला २०८२ शुभारम्भ भएको छ ।
मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । पर्यटकीय दृष्टिकोणले आफ्नो छुट्टै पहिचान कमाएको पोखराको सराङकोट क्षेत्र पछिल्लो समय धार्मिक तथा सांस्कृतिक रूपमा पनि परिचित बन्दै गइरहेको छ ।
यस प्रकारका मेला महोत्सवहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै सांस्कृतिक पक्षको समेत उजागर गर्ने नगर प्रमुख आचार्यले बताए ।
विभिन्न समूहहरू बिच तीज गीत प्रतियोगिता लगायतका सांस्कृतिक कार्यक्रमहरू समेत समावेश उक्त मेला १० गतेसम्म चल्ने जानकारी आयोजकले दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij