
Aug 25 2025 | २०८२, भदौ ९ गते
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेर १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन आइतबार सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार ३५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन आइतबार चाँदी २ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij