Logo

Aug 24 2025 | २०८२, भदौ ८ गते

Aug 24 2025 | २०८२, भदौ ८ गते

झन्डै ७० लाखले लिए स्थायी लेखा नम्बर

झन्डै ७० लाखले लिए स्थायी लेखा नम्बर

  • काठमाडौं । नेपालमा झन्डै ७० लाख उपभोक्ताले स्थायीलेमा नम्बर लिएका छन् । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार एकै वर्षमा ७ लाख ७३ हजार २१७ करदाता थपिएसँगै स्थायी लेखा नम्बर लिने करदाताको संख्या गत असार मसान्तसम्म ६९ लाख ९९ हजार ३५० पुगेको हो । 

    images
    images
    images

    रकट्टी गर्ने निकायले लिएको व्यावसायिक स्थायीलेमा नम्बर (बीप्यान), स्थायी लेखा नम्बर (डब्ल्यूप्यान), व्यक्तिगत स्थायी लेखा नम्बर(पीप्यान) लिनेको संख्या क्रमशः बढेको छ । 

    images

    अर्थ मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाकाअनुसार व्यावसायिक स्थायी लेखा नम्बर (बीप्यान) लिनेको संख्या एकै वर्षमा २ लाख ८ हजार ४३० ले बढेर २० लाख ६० हजार ७५८ पुगेको छ भने डब्ल्यूप्यान लिनेको संख्या २हजार ५४२ ले बढेर ३५ हजार ८७० पुगेको छ । व्यक्तिगत स्थायी लेखा नम्बर (पीप्यान) लिनेकोसंख्या एकै आर्थिक वर्षमा ६ लाख ५४ हजार १८ जनाले लिएका छन् । 

    जसअनुसार कुल व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४९ लाख २ हजार ७२२ पुगेको तथ्यांकले देखाएको छ ।  गत आर्थिक वर्षसम्ममा मूल्य अभिवृद्धि करमा दर्ता हुनेको संख्या ३ लाख ५१ हजार ७३५ र अन्तःशल्कमा दर्ता हुनेको संख्या १ लाख   २४ हजार ९९७ पुगेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७को बजेटमार्फत ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’ को नीति लिएसँगै व्यक्तिगत स्थायीलेमा नम्बर लिनेको संख्या ह्वात्तै बढेको थियो । 

    तर बिचमा कोभिडका कारण स्थायी लेखा नम्बर लिनेको संख्यामा कमी आएको थियो । अहिले व्यक्तिगत स्थायी लेखा नम्बरबाटै सरकारले करदाताकोपहिचान गर्दै आएको छ । खास गरी आयकर दाखिला, कर रिटर्न फाइल गर्न र अन्य कर सम्बन्धी कार्यहरूका लागि यो अनिवार्य गरिएको छ । बैंक खाता खोल्न, ठुलो रकमकोकारोबार गर्न, ऋण लिन वा क्रेडिट कार्ड बनाउन स्थायी लेखा नम्बर आवश्यक पर्छ । 

    images

    शेयर बजारमा लगानी, म्युचुअल फण्ड, सम्पत्ति खरिदबिक्री वा अन्य वित्तीय लगानीका लागि  पनि यो अनिवार्य गरिएको छ भने ठुलो रकमको लेनदेन निश्चित रकम भन्दा माथिको कारोबारमा समेत यसलाई अनिवार्य गरिएको छ । 

    आन्तरिक राजश्व विभाग र सो मातहतकाबाट यस्तो नम्बर निःशुल्क दिने गरिएको छ । यो नम्बरले व्यक्तिको आर्थिक कारोबारलाई व्यवस्थित र कानुनी बनाउन मद्दत गरिरहेको करअधिकारीहरुको भनाइ रहेको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij