
Aug 24 2025 | २०८२, भदौ ८ गते
काठमाडौं । भुटानमा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । साफ यू-१७ महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्ने लागेको हो ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाल र बंगलादेश दुवैले अहिलेसम्म २–२ खेल खेलेका छन् र दुवै टोलीसँग १ जित र १ हारको नतिजा छ ।
नेपाल पहिलो खेलमा भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले घरेलु टोली भुटानलाई २–१ गोलले पराजित थियो । त्यस्तै, बंगलादेशले पहिलो खेलमा भुटानलाई ३–१ ले हराएको थियो भने दोस्रो खेलमा भारतसँग २–० ले हार स्वीकारेको थियो ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली सहभागी छन् । डबल राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा सबैभन्दा बढी अंक ल्याउने टोली उपाधि विजेता बन्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij