
Aug 24 2025 | २०८२, भदौ ८ गते
काठमाडौँ । रौतहटको गौर नगरपालिका-९ गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आइतबार एक सुटकेश भित्र महिलाको शव फेला परेको छ ।
प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव फेला परेको हो ।
महिलाको हत्या गरी सुटकेशमा राखेर फालिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक महिलाको पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij