Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

युक्रेनको सुरक्षा ग्यारेन्टीको लागतको ठूलो हिस्सा युरोपेली देशहरूले वहन गर्नुपर्छ: उपराष्ट्रपति भान्स

युक्रेनको सुरक्षा ग्यारेन्टीको लागतको ठूलो हिस्सा युरोपेली देशहरूले वहन गर्नुपर्छ: उपराष्ट्रपति भान्स

  • काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युक्रेनको सुरक्षा ग्यारेन्टीको लागतको ठूलो हिस्सा युरोपेली देशहरूले वहन गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले नै स्पष्ट गरिसकेको बताउदै यसका लागि युरोपेली देशहरूले अगाडि आउनुपर्ने बताएका हुन् ।

    images

    नेटो सैन्य कमाण्डरहरूले वाशिंगटनमा बैठकमा रूससँग शान्ति सम्झौता भएमा युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने बारेमा छलफल भएको थियो । वरिष्ठ युक्रेनी अधिकारी आन्द्रेई येर्माकले यदि रूसले युद्ध लम्ब्याउने प्रयास गर्छ भने कसरी प्रतिक्रिया दिने भन्ने बारेमा पनि उनीहरू काम गरिरहेको बताए ।

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटमा ट्रम्पले युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौताले युक्रेनलाई सुरक्षा ग्यारेन्टी गर्न मद्दत गर्ने बताएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij