Logo

Aug 18 2025 | २०८२, भदौ २ गते

Aug 18 2025 | २०८२, भदौ २ गते

ट्रम्पसँग छलफल गर्न वाशिंटन पुगे जेलेन्स्की

ट्रम्पसँग छलफल गर्न वाशिंटन पुगे जेलेन्स्की

  • काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की वाशिंटन पुगेका छन ।

    images
    images
    images

    अमेरिकी राष्ट्रपति दोनाल्दो ट्रम्पसँग वार्ता गर्न जेलेन्स्की वाशिंटन पुगे सँगै सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा आमन्त्रित गरेकोमा धन्यवाद दिएका छन् ।

    images

    उनले लेखेका छन्- 'हामी सबै चाहन्छौं कि यो युद्ध चाँडै र भरपर्दो रूपमा समाप्त होस् र शान्ति दिगो होस् । म विश्वस्त छु कि हामी युक्रेनको रक्षा गर्नेछौं, यसको सुरक्षा सुनिश्चित गर्नेछौं र हाम्रा जनता राष्ट्रपति ट्रम्प, अमेरिकाका सबै जनता र प्रत्येक साझेदारको समर्थन र सहयोगको लागि सधैं आभारी रहनेछन् ।

    'ट्रम्पसँग जेलेन्स्की सहित बेलायती प्रधानमन्त्री केयर स्टारमर र धेरै युरोपेली नेताहरू पनि सहभागी हुदैछन् ।ट्रम्प-जेलेन्स्की बैठकमा बेलायती प्रधानमन्त्री केयर स्टारमर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मर्ज, फिनल्याण्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टब, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, नेटो महासचिव मार्क रुट र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन सहभागी हुदैछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij