
Aug 15 2025 | २०८२, साउन ३० गते
काठमाडौँ । आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्कामा युक्रेन युद्ध बारे बार्ता हुदैछ ।
फेब्रुअरी २०२२ देखि रुसले युक्रेनमाथि आक्रमण गरेर शुरु भएको यो युद्ध अहिलेसम्म जारी रहेको छ । यस युद्धलाई रोक्ने उद्देश्यले ट्रम्पले पुटिनसँग उच्चस्तरीय वार्ताको पहल गरेका छन् ।
यस बार्ताप्रति विश्वको नजर रहेको छ भने युद्ध रोकिनेमा आशावादी पनि रहेको छ । तर यस बार्तामा युक्रेनलाई सहभागी नगराइएको विषय उठेको छ ।
अमेरिकाले ट्रम्पसँग पुटिनको वार्ता सकरात्मक हुने वित्तिकै युक्रेनलाई सहभागी गराउने बताएको छ । यसैबीच शिखर सम्मेलन हुने स्थानमा एन्कोरेजमा युक्रेनको समर्थनमा प्रदर्शनकारीहरू बाहिर निस्किएका छन् ।
उनीहरुले युक्रेनी झण्डा फहराउँदै र 'अलास्का युक्रेनको साथमा छ' लेखिएको ठूलो ब्यानर फहराउँदै गरेको देख्न सकिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij