Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बादल फुटेपछि आएको बाढी

जम्मू कश्मीरमा बाढीबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, दुई सयभन्दा बढी बेपत्ता

जम्मू कश्मीरमा बाढीबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, दुई सयभन्दा बढी बेपत्ता

  • काठमाडौँ । भारतको जम्मू कश्मीरको किश्तवारको चाशोती गाउँमा बिहीबार दिउँसो बादल फुटेपछि आएको बाढीमा मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    अचानक आएको बाढीबाट २०० जनाभन्दा बढी बेपत्ता रहेको स्थानीय प्रशासनलाई उदृत गर्दै भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    AGNI GROUP

    धेरै मानिसहरू पहाडको पानी र भग्नावशेषमा फसेको बताइएको छ भने अहिलेसम्म ६५ जनाको सकुशल उद्धार गरिएको छ । माता यात्राको लागि हजारौं भक्तजन किश्तवारको पद्दार उप-डिभिजनको चाशोती गाउँ पुगेको बेला अचानक बाढी आएको बताइएको छ ।

    यो यात्राको पहिलो गन्तव्य रहेको र यात्रा सुरु हुने ठाउँमा बादल फुटेको रिपोर्टमा उल्लेख छ । यहाँ भक्तजनहरूको बस, पाल, लङ्गर र धेरै पसलहरू थिए । सबै बाढीको पानीमा बगेको बताइएको छ ।माचैल माता यात्रा प्रत्येक वर्ष अगस्टमा हुन्छ । हजारौं भक्तजनहरू यसमा आउँछन् ।

    यो २५ जुलाई देखि ५ सेप्टेम्बर सम्म चल्ने गर्दछ । यो मार्ग जम्मूदेखि किश्तवारसम्म २१० किलोमिटर लामो छ र पद्दरदेखि चाशोतीसम्मको १९.५ किलोमिटर सडकमा सवारी साधनहरू जान सक्छन् ।

    त्यसपछि ८.५ किलोमिटर पैदल यात्रा गर्नुपर्छ ।यस घटनामा दुई सिआईएएफ जवानको समेत मृत्यु भएको छ भने सय भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये ३७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

    अहिले राज्य र केन्द्र सरकारको समन्वयमा उद्धार राहतको काम जारी रहेको जानकारी दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij