Logo

Aug 12 2025 | २०८२, साउन २७ गते

Aug 12 2025 | २०८२, साउन २७ गते

अमेरिकाको मोन्टाना विमानस्थलमा साना दुई विमान ठोक्किए, पाइलट र यात्रु सकुशल

अमेरिकाको मोन्टाना विमानस्थलमा साना दुई विमान ठोक्किए, पाइलट र यात्रु सकुशल

  • काठमाडौँ । अमेरिकाको मोन्टाना विमानस्थलमा अवतरण गर्ने क्रममा यहाँ पार्क गरिएको विमानसँग सानो विमान ठोक्किएको छ ।

    images
    images
    images

    यसले गर्दा विमानमा ठूलो आगो लागेको थियो । आगलागीपछि आकाशमा धुवाँको मुस्लो देखिएको थियो । आगलागीको सूचना पाएपछि पुगेको टोलीले उद्धार कार्यलाई तीव्र बनायो र यद्यपि, विमानमा सवार कुनै पनि व्यक्ति गम्भीर घाइते भएको बताइएको छ ।

    images

    रिपोर्टका अनुसार सोकाटा टीबीएम ७०० टर्बोप्रप विमान जमिनमा पार्क गरिएको खाली विमानसँग ठोक्किएको थियो । त्यसपछि आगो घाँसे क्षेत्रमा फैलियो र कालो धुवाँ निस्किएको थियो ।

    मोन्टाना विमानस्थल कालिस्पेल शहरको दक्षिणी भागमा अवस्थित छ । विमानमा आगो लागेपछि पाइलट र विमानमा रहेका तीन यात्रु आफैं बाहिर निस्कन सफल भएको बताइएको छ ।

    घटनामा दुई यात्रु थोरै घाइते भएका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij