
Aug 11 2025 | २०८२, साउन २६ गते
काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीस्थित ग्रिल कारखानामा काम गर्ने एक जना युवकको करेन्ट लागेर मृत्यु भएको छ । पर्सा घर भएका २८ वर्षीय इन्टियाज हवारीको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो ।
नेपाल प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij