Logo

Aug 07 2025 | २०८२, साउन २२ गते

Aug 07 2025 | २०८२, साउन २२ गते

स्वास्थ्य बीमा

स्वास्थ्य बीमामा सुधारको माग गर्दै सात बुँदे ज्ञापनपत्र बुझाइयो

स्वास्थ्य बीमामा सुधारको माग गर्दै सात बुँदे ज्ञापनपत्र बुझाइयो

स्वास्थ्य बीमा सेवामा देखिएको गम्भीर अव्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल सरकारअन्तर्गतको स्वास्थ्य बीमा बोर्डलाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ ।

  • काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ, जिल्ला कार्यसमिति मकवानपुरले स्वास्थ्य बीमा सेवामा देखिएको गम्भीर अव्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल सरकारअन्तर्गतको स्वास्थ्य बीमा बोर्डलाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ ।

    images
    images
    images

    संघका अध्यक्ष काजीमान तितुङको नेतृत्वमा बुझाइएको सो ज्ञापनपत्रमा स्वास्थ्य बीमा सेवामा व्याप्त समस्या समाधानका लागि तत्काल आवश्यक कदम चाल्न माग गरिएको छ । स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ९(६) र नियमावली, २०७५ अनुसार बीमित सेवाग्राहीले पाउने सेवा हाल अव्यवस्थित भएकाले विशेषगरी मकवानपुर जिल्लाका नागरिकहरू समस्यामा परेको संघको आरोप छ ।

    images

    अध्यक्ष तितुङले स्वयं हेटौंडा अस्पतालमा उपचारको क्रममा लापरवाही, रिफर प्रक्रियाको जटिलता र समय व्यवस्थापनको अभावले आफैं पीडित बन्नुपरेको अनुभव सुनाएका छन् ।

    संघले हेटौंडा अस्पताल र सामुदायिक हेटौंडा आँखा अस्पतालबीच समन्वयको अभावले आँखाजस्तो संवेदनशील उपचारमा समेत आम नागरिकलाई सास्ती भइरहेको भन्दै तत्काल समस्या समाधान गर्न चेतावनी दिएको छ ।

    संघले समस्या समाधान नभए चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने र पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गर्ने चेतावनीसमेत दिएको छ ।

    images

    ज्ञापनपत्रमा उल्लेख गरिएका सात प्रमुख मागहरू यसप्रकार छन् :

    हेटौंडा अस्पतालमा आँखाको सेवा विस्तार गरी नियमित सञ्चालन गर्नुपर्ने ।

    सामुदायिक हेटौंडा आँखा अस्पताललाई स्वास्थ्य बीमाको पहिलो सेवाविन्दुका रूपमा कायम गर्नुपर्ने ।

    हेटौंडा अस्पताल र सामुदायिक आँखा अस्पतालबीचको विवाद तत्काल अन्त्य गर्नुपर्ने ।

    सामुदायिक आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा लागू गर्नुपर्ने ।

    निजी अस्पतालहरूमा समेत रिफर खारेजको व्यवस्था लागू गर्नुपर्ने ।

    रिफरको समय र टोकन वितरण प्रक्रिया व्यावहारिक र प्रभावकारी बनाउनुपर्ने ।

    हालको तीन महिनाको सेवा अवधि परिमार्जन गर्नुपर्ने ।

    संघले नागरिकको मौलिक स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी, पारदर्शी र सेवा–केन्द्रित बनाउन जोड दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij