Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको निधन

वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको निधन

  • काठमाडौं । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा आज निधन भएको छ ।

    images
    images
    images

    कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर निवासी भण्डारीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको हो । उनलाई केही दिनदेखि मुटुमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

    images

    लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका भण्डारी कञ्चनपुरबाट प्रकाशन हुने जनमानस साप्ताहिक पत्रिकाका संस्थापक सम्पादक थिए । उनले कञ्चनपुर क्षेत्रको पत्रकारिता विकासमा उल्लेखनीय योगदान दिएका थिए । स्वर्गीय भण्डारीका श्रीमती र दुई छोरा रहेका छन् ।

    भण्डारीको निधनले सुदूरपश्चिमको पत्रकारिता क्षेत्रले एक अनुभवी, निष्ठावान् र कुशल नेतृत्व गुमाएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले बताए ।

    भण्डारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक प्रेरणादायी अभिभावक गुमाएको उनले बताए । स्व भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

    images

    पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद नारायणप्रकाश साउदले भण्डारीको निधनले कुशल समाजसेवी स्थापित पत्रकार सञ्चारजगतले गुमाएको बताएका छन् । उनले सञ्चारकर्मी भण्डारीको निधनको खबर सुन्दा स्तब्ध र दुःखी भएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij