Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

सप्तरी घटना अपडेटः  निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

सप्तरी घटना अपडेटः  निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

  • काठमाडौं । सप्तरीको कमलपुरमा गएराती भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन भइरहेको छ ।

    images
    images
    images

    राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति मदिरा तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबिच झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय  ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो ।

    images

    घटनाको निष्पक्ष छानबिनको माग गर्दै केही बेर अघिदेखि मृतकका आफन्तहरू सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । राजविराजमा भएको प्रदर्शनलाई मध्यनजर गर्दै ठाँउ ठाँउमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

    मंगलबार मध्यराति तस्करी भइरहेको  सूचनाका आधारमा खटिएका प्रहरीमाथि केही स्थानीयले ढुंगामुढा गर्न थालेपछि झडप भएको थियो ।ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् । यस  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij