Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

अमेरिकामा मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना !

अमेरिकामा मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना !

  • काठमाडौं । अमेरिकास्थित एरिजोनाको नाभाजो राष्ट्रको विमानस्थलमा एउटा मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    न्युयोर्क टाइम्सका अनुसार बिचक्राफ्ट ३०० नामक विमान चिन्ले म्युनिसिपल विमानस्थलमा बिरामी लिन अवतरण गरिरहेका बेला दुर्घटनामा परेको हो । विमानमा दुई पाइलट र दुई स्वास्थ्य सेवा प्रदायक रहेकोमा सबै चार जनाकै मृत्यु भएको हो । विमान खसेपछि आगलागी भएको थियो ।

    images

    विमान विमानस्थलको धावनमार्गबाट लगभग ३०० यार्ड टाढाबाट छुटेको थियो । सो विमान स्थानीय समयअनुसार मंगलबार दिउँसो १२ः४० बजे दुर्घटना भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij