Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

दुर्घटना

यमनमा डुङ्गा दुर्घटनामा ५० भन्दा बढी आप्रवासीको मृत्यु, धेरै बेपत्ता

यमनमा डुङ्गा दुर्घटनामा ५० भन्दा बढी आप्रवासीको मृत्यु, धेरै बेपत्ता

  • काठमाडौं । यमनको तटमा खराब मौसमका कारण करिब १५० जना आप्रवासी सवार डुङ्गा पल्टिँदा ५० भन्दा बढी आप्रवासीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार दुर्घटना यमनको दक्षिणी प्रान्त अब्यान नजिकै भएको हो।

    images
    images
    images

    अब्यान सुरक्षा निर्देशनालयले एक विज्ञप्तिमा भनेको छ-तटीय क्षेत्रको ठूलो भागमा धेरै शवहरू बरामद गरिएको छ र खोजी कार्य जारी छ।

    images

    अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार मृत्यु हुनेमा अधिकांश इथियोपियाली नागरिक छन्। आईओएमले यो घटनालाई ‘हृदयविदारक’ भनेको छ। अफ्रिकाको हर्नबाट खाडी जाने आप्रवासीहरूका लागि यमन एक प्रमुख मार्ग हो।

    आइओएमको अनुमान अनुसार हालैका महिनाहरूमा समुद्री दुर्घटनाहरूमा सयौं आप्रवासीहरूको मृत्यु भएको छ वा बेपत्ता भएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij