
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं । यस हप्ता चिनियाँ राजधानी बेइजिङको बाहिरी इलाकामा रहेको एक नर्सिङ होममा आएको बाढीमा परी ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
चिनियाँ मिडियाका अनुसार बाढी आउँदा नर्सिङ होम भित्र लगभग ७७ जना वृद्धवृद्धा थिए । पानीको सतह लगभग ६ फिटसम्म बढेपछि यी मध्ये लगभग ४० जना फसेका थिए ।
फुटेजमा आपतकालीन टोलीहरू मियुन जिल्लाको एउटा घरबाट मानिसहरूलाई उद्धार गर्न छातीसम्म पानीमा डुबेको देखाइएको छ । बाढीमा मारिने धेरैजसो वृद्धवृद्धा थिए र हिँड्न नसक्ने अवस्थामा रहेको बताइएको छ ।
स्थानीय अधिकारीहरूले स्वीकार गरेका छन् कि “आपतकालीन योजनामा धेरै कमजोरीहरू थिए र यो दुखद घटना हाम्रो लागि एउटा पाठ हो।” बेइजिङमा यस बाढीमा परी जम्मा ४४ जनाको मृत्यु भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij