Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

पर्सा जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै

पर्सा जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै

  • काठमाडौं । नेपालको प्रमुख व्यापारिक केन्द्र पर्सा जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । घरेलु तथा साना उद्योग कार्यालय पर्साका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नयाँ उद्योग दर्ता २२ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    गत आर्थिक वर्षमा उद्योगतर्फ ९६३ र वाणिज्यतर्फ ७५८ गरी कुल १,७२१ वटा नयाँ उद्योग दर्ता भएका छन्, जुन अघिल्लो वर्षको १,४१२ को तुलनामा ३०९ ले बढी हो । कार्यालयका प्रमुख पवन पञ्जियारका अनुसार कोरोना महामारी र वैश्विक आर्थिक मन्दीपछिको सुधारसँगै उद्योग दर्ता गर्ने प्रवृत्ति बढ्दो छ ।

    images

    साथै, उद्योग नवीकरणमा समेत उल्लेखनीय वृद्धि देखिएको छ । अघिल्लो वर्ष २,१९२ उद्योग नवीकरणमा आएका थिए भने यस वर्ष त्यो संख्या २,९९० पुगेको छ, जुन ३७ प्रतिशतको वृद्धि हो ।

    तर अर्कोतर्फ, पुराना उद्योगको लगत कट्टा गराउनेको संख्या पनि बढ्दो देखिएको छ । अघिल्लो वर्ष ४१३ उद्योगले लगत कट्टा गराएका थिए भने चालु आवमा त्यो संख्या १३ प्रतिशतले बढेर ४६५ पुगेको छ ।

    रोजगारका हिसाबले भने नयाँ दर्ता भएका उद्योगहरूले अघिल्लो वर्षको तुलनामा कम रोजगारी सिर्जना गरेका छन् । २०८०/८१ मा ३,९४१ जनालाई रोजगारी दिएकोमा, २०८१/८२ मा २,८९८ जनालाई मात्रै रोजगारी दिएका छन् ।

    images

    मुख्यतः व्यापारिक वातावरणको सुधारसँगै पर्सा जिल्लामा उद्योग दर्ताको सक्रियता बढेको कार्यालयको निष्कर्ष छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij