
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विहिबार प्रदेश सभामा विश्वास विस्वासको मत लिएका हुन् ।
मुख्यमन्त्री शाहको विश्वासको मतको पक्षमा ३० मत परेको छ भने विपक्षमा १५ मत परेको छ । मुख्यमन्त्री शाहको पक्षमा काँग्रेसका १८ र एमालेका ११ सांसदले मत दिएका थिए भने एक मत नाउपाको परेको बुझिएको छ ।
५३ सदस्यीय प्रदेश सभामा आजको मतदानमा ४५ सांसदले भाग लिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij