
Aug 01 2025 | २०८२, साउन १६ गते
काठमाडौं । काठमाडौंको कोटेश्वर क्षेत्रमा ट्याङ्करको ठक्करबाट एक युवकको ज्यान गएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ स्थित सडकमा बा. प्र.०१– ००४ ख ३२८७ नम्बरको ट्याङ्करले बा.प्र.०२ –०३३ प २५४८ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिएको थियो ।
सो र्दुघटनामा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलान्चोक घर भएका २५ वर्षीय नवराज तुम्सिङ मगरको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा थप उपचारको क्रममा निधन भएको थियो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाहीको प्रकृया सुरु गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij