
Aug 01 2025 | २०८२, साउन १६ गते
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदैछन् । आज अपरान्ह बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।
सरकारमा सामेल दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले गत असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सामेल कुनै पनि दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ । त्यसो त प्रदेश सभामा नेकपा एमालेको ११, नेपाली कांग्रेसको १८ सिट रहेको छ । जसकारण मुख्यमन्त्री शाहले सहजै विश्वासको मत प्राप्त गर्न सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij