
Jul 31 2025 | २०८२, साउन १५ गते
काठमाडौँ । त्रिभूवन विश्वविद्यालय केन्द्रीय विभाग, कानुन संकायको नवनिर्मित भवन उद्धघाटन गरिएको छ।
बल्खुस्थित त्रिवि परिसरमा निर्मित उक्त भवनको आज एक समारोह बीच विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले उद्धघाटन गरे ।
कार्यक्रममा बोल्दै कानून संकायका डीन प्रा.डा.कृष्णप्रसाद बस्यालले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यावाद दिए । शैक्षिक संस्थालाई शैक्षिक चरित्रअनुरूप अघि बढाउन अझ धेरै प्रयास आवश्यक रहेको धारणा राखे ।
कानून शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक शिक्षकको अभाव रहेको उल्लेख गर्दै उपलब्ध जनशक्तिको सेवा प्रवाहलाई अनुसन्धानको विषय बनाउनु आवश्यक रहेको बस्यालले बताए ।
‘शैक्षिक संस्थालाई साच्चिकै शैक्षिक संस्थाजस्तो बनाउन हामीले सकिरहेका छैनौं । हामीले कानून शिक्षाको सन्दर्भमा आचरण र नैतिकता थप ध्यन दिनुपर्ने अवस्था सिर्जना हुन आएको छ’, ‘हामीबाट उत्पादित जनशक्तिबाट भएको सेवा प्रवाहलाई पनि प्राज्ञिक अनुसन्धानको विषय बनाउनुपर्ने देखिएको छ । कानूनि शिक्षा अध्ययन गर्ने विद्यार्थीको अत्याधिक चाहाना र आवश्यकताको बोध हुँदाहुँदै पनि तद्अनुसार शिक्षकहरुको प्रबन्ध गर्न सकिरहेका छैनौं ।’
हाल कानून संकाय अन्तर्गत ६ वटा आंगिक, एक सम्बन्धन प्राप्त र एक पब्लिक क्याम्पस सहित ८ वटा कलेजहरूमा कानून विषयको पठनपाठन भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij