Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  

    images
    images
    images

    समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २५ रुपौयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३१ रुपैयाँ, आलु रातो प्रतिकिलो ४२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २७ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ३६ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, गाजर (तराई ) ८० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूला प्रतिकेजी ३५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो २५ रुपैयाँ, तने बोडी प्रतिकिलो ४० रुपैयाँ र मकै बोडी प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ । 

    images

    यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ५० रुपैयाँ, भटमास कोसा प्रतिकिलो ९० रुपैयाँ, तीतो करेला प्रतिकिलो १० रुपैयाँ, लौका प्रतिकिलो २० रुपैयाँ, परवर (तराई) प्रतिकिलो  ३५ रुपैयाँ, चिचिण्डो प्रतिकिलो १५ रुपैयाँ, घिरौला प्रतिकिलो २० रुपैयाँ, झिगुनी प्रतिकिलो ४० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो २० रुपैयाँ, भिण्डी प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ । 

    यस्तै, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, पिँडालु प्रतिकिलो ६० रुपैयाँ, स्कूस प्रतिकिलो ३० रुपैयाँ, रायोसाग प्रतिकिलो ५० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ५५ रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १३० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १३० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३२० रुपैयाँ, कुरिलो प्रतिकिलो  २५० रुपैयाँ न्यूनतम थोक मूल्य निर्धारण गरिएको छ । 

    ब्रोकाउली प्रतिकिलो १६० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो २०० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २२० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना २०० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
    समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो  ३०० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, कागती प्रतिकिलो ११० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो १७५ रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १७५ रुपैयाँ, आँप (चोसा) १५० रुपैयाँ, मौसम प्रतिकिलो १४० रुपैयाँ, जुनार प्रतिकिलो  २२० रुपैयाँ, भुइँकटहर प्रतिगोटा  १४० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो १० रुपैयाँ, रुखकटहर प्रति गोटा ३० रुपैयाँ, नासपाती (लोकल) प्रतिकिलो ५० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ  निर्धारण गरिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij